झापा, मोरङ र सुनसरीबाट लागुऔषध ब्राउनसुगर र निषेधित औषधी सहित ३ जना पक्राउ

बिराटनगर, माघ १६ । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र निषेधित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएका प्रहरीले हिजो झापाको दमक नगरपालिका-९ का १९ बर्षिय दिकेश मुण्डालाई उनको घर कोठाबाट २.५ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसै गरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा चेक जाँचको क्रममा भारत बाट नेपाल आउदै गरेका मोरङ बेलबारी-२ का २४ बर्षिय दिप लिम्बुको साथबाट ८० एम्पुल निषेधित औषधि सहित नियन्त्रणमा लिएको हो भने सुनसरी दुहबी-५ स्थितमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को. ३८ प ५४६५ नम्बरको मोटरसाइकल चालक इटहरी-५ सुनसरीका ४० बर्षिय दिपेश मगरको साथबाट १९४ ट्यावलेट निषेधित औषधी सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको प्रहरीले थप अनुसन्धान गरिरहको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।