‘पदाधिकारीहरुको सुविधा थप्नु अनुपयुक्त’:डा शेखर कोइराला

मोरङ, १६ माघ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेशसभाका पदाधिकारीहरुलाई भौतिक सुविधा थप्ने कुरा उपयुक्त नभएको बताउनु भएको छ ।

कोशी प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारीहरुको सुविधा थप्ने तयारी गरेको भन्ने समाचार आएपछि कांग्रेसका नेता डा कोइरालाको यो प्रतिक्रिया आएको हो ।

‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत आज विराटनगर महानगरपालिका–७ मा आयोजित कार्यक्रममा उहाँले प्रदेश सरकारले जनताका आधारभूत सुविधा थाप्ने हो तर आफ्नो सेवा सुविधा बढाउने होइन भन्नुभयो ।

यसरी आफैँले आफ्ना लागि सुविधा थप्ने काम गर्दा मुलुकमा लोकतन्त्र नेताहरुलाई मात्र आएको सन्देश जाने भएकाले लोकतन्त्रको फल नागरिकले पनि पाउनेगरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कांग्रेस नेता डा कोइरालाले नेपाली कांग्रेस पार्टी समुदायमा पुगेर जनभावना बुझेर आगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । पार्टीभित्र देखिएका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने र कांग्रेस देशका कुनाकाप्चासम्म तथा हरेक नेपालीका घरमा पुग्नुपर्ने बताउनुभयो ।

उहाँले अर्को एक प्रसङ्गमा उहाँले स्थानीय सिङ्घिया खोलाको बाढी नियन्त्रण गर्न अस्थायी तटबन्ध र करिडोर निर्माण गरी स्थायी समाधान खोजिने आश्वासन पनि दिनुभयो ।

विराटनगर महानगरपालिकाले जापानी सहयोग संस्था जाइकासँग गरेको सम्झौताले यस नगर क्षेत्रका नागरिकलाई स्वच्छ पानी उपलब्ध हुने विश्वास पनि व्यक्त गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।