देश निर्माणमा समर्पित हुन युवालाई अध्यक्ष ओलीको आग्रह

काठमाडौँ, २० माघ : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवा तथा विद्यार्थीलाई देशप्रति समर्पित हुन आह्वान गर्नुभएको छ ।

एमाले काठमाडौँ जिल्ला कमिटीद्वारा आज यहाँ आयोजित ‘युवा महोत्सव’मा उहाँले देश निर्माणका लागि युवाको सहभागिताको आवश्यकता औँल्याउदै देशलाई प्रेम गर्न समेत आग्रह गर्नुभयो । “आफनो देशलाई माया गरौँ । म भाईबहिनीहरुलाई भन्न चाहन्छु कुनै पनि देश अर्काले आएर बनाइदिन्न, आफैले बनाउनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले देशमा विद्यमान समस्या समाधानका लागि युवाको भूमिका महत्वपूर्ण हुने पनि उल्लेख गर्नुभयो । “हाम्रा अघि समस्या छन्, युवा जनशक्ति विदेश पलायन भइरहेका छन् । यो समस्यासँग भाग्ने होइन जुधेर समाधान गर्ने हो”, उहाँले भन्नुभयो, “देशमा निरकुंश राजतन्त्र र पञ्चायती तानाशाह थियो त्यसविरुद्ध हामी भागेको भए अहिले लोकतान्त्रिक गणतन्त्र यहाँ आउदैन थियो ।”

देशको उत्पादन र उत्पादकत्व बढाएर सुदृढ हुनुपर्नेमा जोड दिँदै विप्रेषणमा भरपर्नु अर्थतन्त्रका लागि राम्रो नभएको अध्यक्ष ओलीको भनाइ थियो । उहाँँले युवालाई सहज ढङ्गले रोजगारी उपलब्ध गराउनेदेखि उद्यमशिलतातिर प्रेरित गर्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले देशमा ज्येष्ठ नागरिकको सङ्ख्या बढदो र प्रजनन दर घटदै गएकोप्रति चिन्ता समेत प्रकट गर्नुभयो ।

महोत्सवमा एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले राजनीतिमा युवाको सक्रिय सहभागितालाई जोड दिनुभयो । ‘सामाजिक परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति’ भन्ने भावना जागृत गराउने लक्ष्यका साथ सुरु महोत्सवले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवा शक्तिलाई समाज रूपान्तरणका दिशामा अभिप्रेरित गराउन सहयोग उहाँको भनाइ छ ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।