धनकुटा सहिदभूमिका राई गांजा सहित मोरंगबाट पक्राउ
बिराटनगर, माघ २२ । धनकुटाका अमर राई मोरंगबाट पक्राउ परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलिले मोरङको कटहरी गाउँपालिका-१ स्थित रंगेली बिराटनगर सडक खण्डबाट ९ किलो २०० ग्राम लागुऔषध गाँजा सहित धनकुटाको सागुरीगढी गाउँपालिका-६ का ४१ बर्षीय अमर राईलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका राईको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


