धनकुटामा प्रेस चौतारीद्वारा बिरामीलाई फलफूल वितरण, कार्यालय पनि उद्घाटन

धनकुटा । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसर पारेर सोमबार धनकुटामा बिरामीलाई फलफूल वितरण र प्रेस चौतारी धनकुटाको कार्यालय उद्घाटन गरिएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो ।

अस्पतालको इमर्जेन्सी र वार्डमा भर्ना भएका बिरामीलाई स्वास्थ्यलाभको कामना गर्दै स्याउ, सुन्तला, अंगुर, फ्रुटी लगायत वितरण गरिएको प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कटेलले जानकारी दिए । सो अवसरमा एमाले अध्यक्ष एवं प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, प्रेस चौतारीका केन्द्रिय सदस्य सन्तोष रुचाल, निर्वाचन आयोग सदस्य मानवी तामाङ, प्रदेश कमिटी सदस्य नारायणकुमार आठपहरिया, जिल्ला कमिटीका सल्लाहकारहरू भेषराज कटेल, रमेशचन्द्र अधिकारी, जिल्ला अध्यक्ष कटेल लगायतले बिरामीलाई फलफूल प्रदान गरे ।

पत्रकार महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राई, उपाध्यक्ष विदुर खवास, सचिव हरीबहादुर लम्जेल, सहसचिव ईश्वर थापा, फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामा, जिल्ला अस्पतालका प्रमुख डा.अमिताभ ठाकुर लगायतले पनि बिरामीलाई फलफूल वितरण गरेका थिए ।

यसैबीच, स्थापना दिवसकै अवसर पारेर धनकुटा नगरपालिका–७ मा प्रेस चौतारी जिल्ला कमिटी धनकुटाको कार्यालय पनि उद्घाटन गरिएको हो । प्रेस चौतारीका केन्द्रिय सदस्य रुचाल र जिल्ला अध्यक्ष कटेलले संयुक्त रुपमा रिबन काटेर औपचारिक रुपमा कार्यालय उद्घाटन गरे ।

सो अवसरमा बोल्दै केन्द्रिय सदस्य रुचाल, सल्लाहकारद्वय अधिकारी, कटेल लगायतले कार्यालय उद्घाटन गरेर प्रेस चौतारी धनकुटाले सङ्गठनलाई थप व्यवस्थित बनाउने काम गरेको भन्दै सफलताको शुभकामना दिए । प्रेस चौतारी, पत्रकारहरूको अग्रणी संगठन हो । धनकुटामा ५६ जना सञ्चारकर्मी प्रेस चौतारीमा आवद्ध छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖