पहिलो पटक जिल्ला मुकाम बाहिर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

धनकुटा । चौधौ संस्करणको धनकुटा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धनकुटाको महालक्ष्मी नगरपालिकाले आयोजना गर्ने भएको छ ।

धनकुटामा पहिलो पटक जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिल्ला सदरमुकाम बाहिर हुन लोगेको हो । यस अघिका सम्पुर्ण प्रसतियोगिताहरु धनकुटा सदरमुकाम स्थित तल्लो टुडिखेलमा आयोजना हुने गरेका थिए । यो पटक भने महाक्ष्मी नगरपालिकाले वडा नं. ४ स्थित चानुवा मावि दमारको खेलमैदानमा आयोजना गर्न लागेको हो ।

दमारमा माघ २६ देखि दुइ दिन सम्म प्रतियोगिता सञ्चालन हुने महालक्ष्मी नगरपालिकाले जनाएको छ । शिक्षा खेलकुद र पर्यटललाई सहयोग पुर्याउने उदेश्यले आयोजना गर्न लागिएको मेयर ध्रबराज रायले जानकारी दिनुभयो ।

प्रतियोगितामा धनकुटा जिल्ला भरिका सात पालिकावाट दुई सय बिद्यार्थी सहित पाँच सय बढि ब्यक्तिको सहभागिता रहने जनाइएको छ । दुई दिन सम्म लेगुवा तथा दमारमा बस्ने ब्यबस्था मिलाईएको समेत जनाउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।