धनकुटाका राई प्रतिबन्धित औषधि सहित केराबारीबाट पक्राउ
बिराटनगर, माघ २५ । धनकुटाका एक ब्यक्ति केराबारीबाट पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय केराबारी मोरङबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका- ७ का २१ बर्षीय योगेश राईलाई केराबारी- ७ खदम खोला किनारबाट प्रतिबन्धित औषधी ट्रमाडोल र डिकोलिङं गरी जम्मा ३६० ट्याब्लेट सहित पक्राउ गरेको हो ।
पक्राउ परेकाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


