माधव नेपालको गृहजिल्लामा केपी ओलीलाई १०१ किलोको माला

काठमाडौं,२५ माघ । जिल्ला अधिवेशन उद्घाटनका लागि रौतहट पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटवासीले भव्य स्वागत गरेका छन् ।

बिहीबार रौतहट एमालेको जिल्ला अधिवेशना उद्घाटनका लागि पुगेका पूर्व प्रधानमन्त्रीसमेत रहेका अ‍ोलीलाई कार्यकर्ताले १०१ किलोको मालाले स्वागत गरेका हुन् ।

रौतहट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला हो । नेकपा एस एमालेबाट टुक्रिएर बनेको नयाँ पार्टी हो । पार्टी विभाजनपछि ओली पहिलो पटक नेपालको गृहजिल्ला पुगेका हुन् । नेपालको गृहजिल्ला भएको कारण तुलनात्मक रुपमा मधेशका अन्य जिल्लामा भन्दा रौतहटमा एमालेको मतभार कमजोर रहकेो छ ।

गरुडास्थित श्रीराम सुगर मिलको चौरमा जिल्ला अधिवेशनको उद्घाटन सत्र भएको छ। एमालेले यो वर्ष तहगत अधिवेशन गर्ने भएको छ। जेठ मसान्तभित्र जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।