कांग्रेस नेताहरूले समय अगावै प्रधानमन्त्री अफर गरेपछि माधव नेपाललाई तनाव, प्रचण्डको ध्यान ओलीतिर

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तहकै नेताहरुबाट प्रधानमन्त्री पुष्पकमल दाहालको विकल्प खोज्नुपर्ने आवाज उठ्न थालेको छ। यसरी प्रधानमन्त्री दाहालको तत्काल विकल्प खोज्नुपर्ने आवाज शेखर कोइराला, शशांक कोइराला र विमलेन्द्र निधिले उठाएका छन् ।

शशांक र निधिले त प्रधानमन्त्री दाहालको विकल्प खोजिनुपर्ने र अबको सरकारको नेतृत्वमा माधव नेपाललाई स्थापित गरिनुपर्ने भनेर सार्वजनिक रुपमा बोलेका छन् । कांग्रेसको पदाधिकारी तहका नेताहरुबाट यस्तो अभिव्यक्ति दिएपछि सत्ता गठबन्धनमा हलचल पैदा भएको छ । कतिसम्म माधव नेपालले अहिले प्रधानमन्त्री प्रचण्डको विकल्प खोज्नुपर्ने बेला नभएको भनेर स्पष्टीकरण दिनुपरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले त कांग्रेसका नेताहरुबाट माधव नेपाललाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेपछि विरोध गरेका थिए । उनले माधव नेपाललाई स्वतन्त्र सांसदको संज्ञा दिँदै यसरी स्वतन्त्र सांसदलाई प्रधानमन्त्री बनाउन खोज्नु गलत हुने भन्दै आलोचना गरेका हुन् ।

प्रधानमन्त्री दाहालले पनि आफ्नो विकल्प खोज्ने र समयअघि नै माधव नेपालको नाम एक्सपोज गरेपछि कांग्रेसका नेताहरुसँग बिच्किएका छन् । यो बीचमा उनले एमाले अध्यक्ष ओलीसँग सहकार्य गर्नेगरि आफूलाई मुभ गरेका छन् । राष्ट्रियसभाको अध्यक्षको लागि प्रचण्डले आफ्नो दलको दाबी रहने भनेर कांग्रेसविरुद्ध फायर खोलेका छन् ।

राष्ट्रियसभाको निर्वाचनअघि सत्ता गठबन्धनमा राष्ट्रियसभाको अध्यक्ष कांग्रेसलाई दिने र त्यसको लागि कृष्णप्रसाद सिटौलाको नाम नै सार्वजनिक भएको थियो । तर, राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसले आफूहरुलाई धोका दिएको माओवादीको निश्कर्ष छ ।

यसैलाई आधार बनाएर माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गर्नुपर्ने आवाज उठाउन थालेको छ । ओलीसँग प्रचण्डको निरन्तर सम्वाद भैरहेको छ । उनीहरुबीच टिआरसी टुँगो लगाउने विषयमा छलफल भएको बताईएपनि अन्र्तयमा सत्ता–सहकार्यबारे पनि छलफल भएको स्रोतको दाबी छ ।

कांग्रेसका नेताहरुको भूमिकाको कारण सत्ता गठबन्धन भत्किनसक्ने माधव नेपालको अनुमान छ । सत्ता गठबन्धनमा प्रधानमन्त्रीको रुपमा प्रचण्डले अझै एक वर्ष नेतृत्व गर्ने सहमति छ । त्यसपछि माधव नेपालको पालो आउनेछ । तर, कांग्रेस नेताहरुको कारण गठबन्धन नै टुट्ने र एमालेले पनि आफूलाई रोक्नको लागि जस्तोसुकै कदम चाल्नेबार जानकार माधव नेपाल अहिले तनावमा छन् । file photo

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।