कोशीमा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त

काठमाडौं,२६ माघ । कोशी प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री केदार कार्कीले शुक्रबार ४ जना मन्त्री र २ जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।

आज थपिने मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रबाट उदयपुरका नारायण बुर्जा मगर र संखुवासभाका राजेन्द्र कार्की रहेका छन् । त्यस्तै नेपाली कांगेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्री मन्त्री नियुक्त गरेका छन् । कांग्रेसबाटै इन्दिरा थापा राज्यमन्त्री नियुक्त भएकी छन् ।

बुर्जामगरले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय र कार्कीले सामाजिक विकास मन्त्रालय पाएका छन् । कांग्रेसका खत्रीले उद्योग, कृषि तथा सहकारी र सुनुवारले स्वास्थ्य मन्त्रालय पाएका छन् । कांग्रेसकी इन्दिरा थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेकी छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा सुनिताकुमारी राम रहेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री कार्की स्वयमले राखेका छन् ।

नेकपा एमालेको सहयोगमा गत असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्री बनेका कार्कीले निरन्तर सरकार विस्तारको भाका सारिरहेका थिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार सत्ता गठबन्धनले माओवादीका ईन्द्रबहादुर आङबोलाई मुख्यमन्त्रीमा अगाडि सारेका बेला कार्कीले विद्रोह गरेर कोशीको नेतृत्व लिएका लिए ।

कार्कीलाई मुख्यमन्त्री बनाएको दल नेकपा एमाले भने अहिले सरकारमा छैन् । सरकारबाट बाहिरिएको एमालेले समर्थन भने फिर्ता लिएको छैन् । कार्की सरकारमा हाल नेकपा माओवादीबाट गणेशप्रसाद उप्रेती, नेपाली कांग्रेसबाट समशेर राई र नेकपा एसका कमलप्रसाद जबेगू मन्त्री रहेका छन् । ६ जना थपिएपछि मन्त्रीपरिषद् १० सदस्यीय भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।