धनकुटाको पन्चकन्या सामुदायिक वन निगालेमा आगलागी
धनकुटा । धनकुटा नगरपालिकाको एक सामुदायिक वनमा आज दिउंसो आगो लागेको छ ।
नपाको वडा नं ३ र १ मा पर्ने पन्चकन्या सामुदायिक बन निगालेमा आगो लागेको हो ।
आगोलाई सुरक्षाकर्मी,स्थानियवासी तथा दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ ।
आगलागीबाट कुनै जनधनको क्षति नभएको जनाइएको छ ।



तस्बीर -खेम लामिछाने थापाको फेसबुक


