चौधौ संस्करणको राष्ट्रपति रनिङ शिल्डको उपाधि महालक्ष्मीलाई

धनकुटा । चौधौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनकुटाको महालक्ष्मी नगरपालिकाले उचालेको छ ।

दमार स्थीत चानुवा माध्यमिक बिद्यालयको खेल मैदानमा शनिबार साँझ सम्पन्न भएको सो प्रतियोगितामा महालक्ष्मी नगरपालिकाले ३३ स्वर्ण २१ रजत २७ काश्य सहित प्रथम स्थान ओगटेको हो । त्यस्तै दोस्रो भएको धनकुटा नगरपालिकाले १३ स्वर्ण १३ रजत तथा ७ काश्य हात पारेको छ । तेस्रो भएको चौबिसे गाँउपालिकाले ३ स्वर्ण ६ रजत ३ काश्य हात पारको छ ।

त्यस्तै पाख्रिबास र साँगुरीगढि गाँउपालिकाले दुई दुई स्वर्ण हात पार्न सफल भएका चानुबा माध्यमिक बिद्यालयका प्रध्यानाध्यापक कुमार बाबु श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा सहिदभुमी गाँउपालिका स्वर्ण बिहिन बन्दा छथरजोरपाटी गाँउपालिका पुरै पदक बिहिन बन्न पुग्यो । आगामी बर्षको प्रतियोगिता चौबिसे धनकुटाले संयोजन गर्ने आयोजकले जनाएको छ ।

जिल्ला खेलकुद बिकास समिती धनकुटाको आयोजना महालक्ष्मी नगरपालिकाको ब्यबस्थापन तथा दमार स्थीत चानुवा माविको संयोजनमा प्रतियोगिता सुक्रबार र सनिबार गरि दुई दिन सम्म सञ्चालन भएको थियो । प्रत्येक खेलका बिजेताले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सहभागी हुन पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा बिभिन्न प्रतिस्पर्धाको लागि धनकुटा जिल्लाका सात पालिकावाट तिन सय पचास भन्दा बढि बिद्यार्थीको सहभागीता रहेको थियो ।

पहिलो पटक जिल्ला सदरमुकाम बाहिर भएको प्रतियोगिलाले खेल क्षेत्रलाई मात्र नभई शिक्षा र पर्यटललाई समेत सहयोग पुर्याउने मेयर ध्रबराज रायले जानकारी दिनुभयो । स्थानिय शिक्षक बिद्यार्थी होटल ब्यबसायी सबैको सहयोगले कार्यक्रम सम्पन्न गर्न सकेको भन्दै उहाले सबैको प्रशंसा समेत गर्नु भयो । सदरमुकामका बिद्यालय भन्दा ग्रामिण क्षेत्रका बिद्यालय पनि कम छैनन् भन्ने जानकारी दिन यो प्रतियोगिता सफल भएको उहाँको भनाई छ ।

त्यस्तै समापन कार्यक्रममा बोल्दै धनकुटावाट प्रतिनिधित्ब गर्ने संघिय सांसद राजेन्द्र राईले यो धनकुटाको खेल क्षेत्रको लागि कोशेढुंगा बन्ने बताउनु भयो । पहिलो पटक सदरमुकाम बाहिर एउटा गाउंमा गरिएको यो कार्यक्रम गर्न आफैमा उदाहरकणिय रहेको वहांको भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖