धनकुटाका प्रहरी उपरीक्षक कोइरालाको सरुवा,बस्नेत आउने
धनकुटा । नेपाल प्रहरीले ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरिएको जनाएको छ।
फागुनदेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको जनाएको छ।
जस अनुसार जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी कृष्ण प्रसाद कोइराला नेपाल प्रहरी पहरा गण सामाखुशी,काठमाडौ सरुवा भएका छन् भने नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत,अपराध अनुसन्धान शाखा दरबन्दी भइ हाल नेपालगंज बांकेमा कार्यरत एसपी बिमल बस्नेत धनकुटा आउने भएका छन् ।
हेर्नुहोस् को कहां भए सरुवा…


