ट्याङकरको प्रयोग गरी गाँजा ओसार पसार,भेडेटारबाट संलग्न ४ जना पक्राउ

धनकुटा, फागुन २ । डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङकरको प्रयोग गरी नियन्त्रीत लागुऔषध गाँजाको ओसार पसार गर्ने ४ जनालाई ठुलो परिमाणको गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट फागुन ०२ गते बिहानको राती २ बजे चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिका- ६ भेडेटार चौकमा मुलघाटबाट बिराटनगरतर्फ जादै गरेको को. १ ख ७३२२ नम्बरको डिजेल/पेट्रोल बोक्ने ट्याङकरलाई रोकेर चेकजाँच गर्दा उक्त ट्याङकरको तेल लगाउने डिब्बा भित्र लुकाईछिपाई राखेको अवस्थामा ५ सय ९४ के.जी. लागुऔषध गाँजा फेला परेको थियो ।

गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न भारत अररियाका ४४ बर्षीय नईम खान, सह-चालक एम.डि. अफ्रोज ट्याङकरमा सवार ७० बर्षीय लखन महत्तो र रंगेली नगरपालिका- ७ मोरङका ७० बर्षीय गयानन्द मण्डललाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।