धनकुटा ईङ्लिस सेकेण्डरी बाेर्डिङ स्कूलको १५ ओैं वार्षिकाेत्सव तथा अभिभावक दिवस सम्पन्न

धनकुटा । धनकुटाको धनकुटा ईङ्लिस सेकेण्डरी वोर्डिङ स्कूलले वीहिवार आफ्नो १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ ।

विद्यालयका संस्थापक प्रिन्सिपल राजन पौडेलको ‘सभापतित्व तथा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा विद्यालयकोे वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख तामाङले ४४ विधामा ६७ जना विद्यार्थीहरुलाई उत्कृष्ट अवार्ड सहित प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नुभएको छ ।

संस्थापक प्रिन्सिपल पौडेलले विद्यालयको वर्तमान अवस्था,गतिविधि,भावि रणनीति,भौतिक अवस्था लगायतको वारेमा जानकारी गराउनुभएको थियो । साथै विद्यालयको शैक्षिक पक्ष, परिक्षा संचालन तथा मूल्याङ्कन विधिको वारेमा समेत छलफल गरिएको विद्यालयले जनाएको छ । ब्रिटिस काउन्सिलको अन्तराष्ट्रिय स्कूल अवार्ड २०२०/२०२३ जित्न सफल यो विद्यालय प्रोजेक्टको विधिबाट अध्यापन गराउने धनकुटा जिल्ला कै एक मात्र विद्यालय भएको कार्यक्रममा जानकारी गराईएको छ । यहाँ ग्लोवल वार्मिङ, क्लाईमेट चेञ्ज, मेडिसिनल हब्स, साकेला नृत्य, ग्लोवल वार्डरब, वेव द व्यानर र नेश्नल आईडेन्टिटी जस्ता ७ वटा प्रोजेक्टको विधिबाट अध्ययन अध्यापनलाई अघि बढाईरहेको प्रिन्सिपल पौडेलले बताउनु भएको छ ।

अन्तराष्ट्रिय सहयोगी विद्यालयहरुको सहयोगमा प्रोजेक्टको विधिबाट अध्ययन अध्यापन सम्भव भएको भन्दै प्रिन्सिपल पौडेलले प्रोजेक्ट वर्क सहयोग गर्ने ब्रिटिस काउन्सिल नेपाललाई धन्यवाद समेत ज्ञापन गर्नुभयो । यसमा बंगलादेश, पाकिस्तान र भारतको विद्यालयको सहयोग रहेको जानकारी गराउँदै निकट भविष्यमा युरोपियन देशका विद्यालयहरु सँग समेत सम्बन्ध विस्तार गर्ने योजना रहेको जानकारी गराउनुभयो ।

२०६६ सालमा ७२ जना विद्यार्थीहरुलाई पढाउदै शूरु भएको यो विद्यालयमा अध्ययन गरेका विद्यार्थी मध्ये हालै मात्र विविएसमा समिता ढुंगेलले नेपाल प्रथम गर्नुभएको, २०७८ सालको एसईईमा सामना पौडेल र दृष्य राईले ४ जीपिए ल्याएको, एसएलसीमा दुई पटक नगर प्रथम र एक पटक जिल्ला प्रथम भईसकेको पौडेलले बताउनुभयो ।

कार्यक्रममा नेश्नल प्याव्सनका अध्यक्ष दिनेश भण्डारी, गोकुण्डेश्व मावि सिरान बजारका प्रधानाध्यापक यज्ञप्रकाश चापागाई, राष्ट्रिय अभिभावक संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुन्दबाबु श्रेष्ठ, नेपाल पत्रकार माहासंघ धनकुटाका केन्द्रिय सदस्य सरिता बराईली लगायतले शूभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थापक एवं विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुमना तिम्सिनाले राख्नुभएको थियो । संचालन शिक्षकद्धय चन्दा नेपाली र निखिल राईले गरेका थिए । यस विद्यालयमा हाल ४२२ जना विद्यार्थी अध्ययनरत छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।