विराटनगर महानगरद्वारा आगलागी नियन्त्रणका लागि पूर्वतयारी सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणका लागि पूर्वतयारी सुरु गरेको छ ।

सुख्खा मौसम सुरु भएसँगै आगलागीका घटना हुने र समयमै दमकल नपुग्दा बढी क्षति हुने जोखिमलाई ध्यानमा राखेर महानगरले पूर्वतयारी सुरु गरेको हो । मेयर नागेश कोइरालाको उपस्थितिमा महानगरले शुक्रबार विराटनगरस्थित सनसारीमाईस्थानमा डिप बोरिङ जडान गरेको छ ।

बजार र दक्षिणी क्षेत्रमा आगलागी भएमा तत्कालै पानी भर्न सहज होस् भनेर पायक पर्ने स्थानमा डिप बोरिङ जडान गरिएको मेयर कोइरालाले बताउनुभयो । बजार क्षेत्रमा आगलागी भएमा दमकलमा पानी भर्न पुष्पलाल चोक पुग्नुपर्ने बाध्यता थियो ।

“पुष्पलाल चोकमा पानी भरेर आएको दमकल पानी सकिएपछि फेरि भर्न पुष्पलाल चोक नै पुग्नुपथ्र्यो,” मेयर कोइरालाले भन्नुभयो, “अब बजार र दक्षिणी क्षेत्रमा लागलागी भएमा पानी सकिने बित्तिकै सनसारीमाईस्थानमा आएर दमकलले पानी भर्नेछ र घटनास्थलमा पुग्नेछ । जसबाट आगलागी नियन्त्रण गर्न निकै सहज हुनेछ ।” अन्य क्षेत्रमा पनि डिप बोरिङ जडान गरिने मेयर कोइरालाले बताउनुभयो । यसअघि पुष्पलाल चोक र महानगर परिसरमा मात्रै डिप बोरिङ जडान गरिएको थियो ।

सनसारीमाईस्थानको डिप बोरिङबाट ५ हजार लिटर क्षमताको दमकल भर्न २० मिनेट लाग्नेछ । पुष्पलाल चोकको डिप बोरिङबाट ५ हजार लिटरको दमकमल भर्न ५ मिनेट र महानगर परिसरमा रहेको डिप बोरिङले दमकल भर्न ३५ मिनेट लाग्ने गरेको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिनुभयो । बजार क्षेत्रमा आगलागी हुँदा दमकलमा पानी भर्न निकै समस्या भएकाले सनसारीमाईस्थानको खाली जमिनमा डिप बोरिङ जडान गरिएको पौडेलले बताउनुभयो ।

बजार क्षेत्रमा लागलागी भएमा पानी भर्न पुष्पलाल चोक पुग्नुपर्ने बाध्यताका कारण बढी क्षति हुने गरेको थियो । अब बजार क्षेत्रलाई लक्षित गरेर डिप बोरिङ जडान गरिएकाले आगलागी नियन्त्रण गर्न सहज हुने मेयर कोइरालाको भनाइ थियो । महानगरले छिट्टै नै विराटनगर–१४ मा पनि डिप बोरिङ जडान गर्ने तयारी गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।