नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखाको ४१ औं बार्षिक जिल्ला सभा डाँडाबजारमा सम्पन्न
धनकुटा । नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखाको ४१ औं बार्षिक जिल्ला सभा आज डाँडाबजारमा सम्पन्न भएको छ ।
जिल्ला शाखा सभापति छत्र कुमार श्रेष्ठको सभापतित्व तथा सागुरीगढी गाउपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईको प्रमुख आतिथ्यमा सम्पन्न सभामा शाखाको सांगाठानिक प्रतिवेदन उपमन्त्री शान्तिला तामाङ्ग र आर्थिक प्रतिवेदन कोषाध्यक्ष मुकुन्द प्रसाद भण्डारीले प्रस्तुत गरेका छन् ।
सागुरीगढी गाउपालिका ५ डाँडाबजारको भानु माद्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न सभामा रक्तदान गर्ने उत्कृष्ट उपशाखाहरूलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटीको सभामा कोशी प्रदेश कार्यसमिती अध्यक्ष नरेन्द्र प्रसाद पोखरेल, वडाध्यक्ष, जिल्ला शाखाको पदाधिकारी तथा सदस्य सहित २६ वटा उपशाखाका प्रतिनीधि सभासदहरुको उपस्थिती थियो ।


