धनकुटामा प्रजातन्त्र दिवसको अवसर पारेर औद्योगिक ग्राम धनकुटाको सरसफाई
धनकुटा । प्रजातन्त्र दिवसको अवसर पारेर औद्योगिक ग्राम धनकुटाको सरसफाई गरिएको छ । औद्योगिक ग्राम धनकुटाका अध्यक्ष तिलक बहादुर महतको पहल तथा प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेलको अगुवाईमा औद्योगिक ग्रामको सरसफाई गरिएको हो ।
ग्रामको वरिपरि रहेको झाडीहरु, माकुराको जालो तथा अन्य सरसफाई गरिएको औद्योगिक ग्राम धनकुटाका अध्यक्ष तिलक बहादुर महतले जानकारी दिनुभयो । लामोसमयदेखि खानेपानिको समेत व्यवस्था नभएको ग्राममा आईतवारबाट खानेपानि जोडिएको अध्यक्ष महतले एचआर न्युजलाई जानकारी दिनुभयो ।
उहाँले औद्योगिक ग्रामको लागि छुट्टै पानिको व्यवस्था समेत चाडै गरिने र त्यको लागि पाईपको व्यवस्थापन समेत भईसकेको उहाँले जानकारी दिनुभयो । आईतवार भएको सरसफाई कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख सावित्रा राई, डिभिजन वन कार्यालय धनकुटाका प्रमुख , घरेलु तथा साना उद्योग कार्यालय ,धनकुटा स्थित सुरक्षा निकायका प्रमुख , धनकुटा बहुमुखि क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सचिव सुवास खनाल लगायतको उपस्थितीमा औद्योगिक ग्राम सरसफाई गरिएको हो । सरसफाई अभियानमा प्रहरी , नेपाली सेना, सशत्र प्रहरी तथा धनकुटा बहुमुखि क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको औद्योगीक ग्रामका अध्यक्ष महतले जानकारी दिनुभयो ।-एचआर न्यूज


