सिडिओ कार्यालयले भन्यो, ‘चिमौरिया समुहले घोषणा गरेको विशेष महाधिवेशनले वैधानिकता पाउँदैन’

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघलाई अनिर्णयको बन्दी बनाउनका लागि विभिन्न अवैधानिक गतिविधि गर्दै आएको उद्धव चिमौरिया समुहले घोषणा गरेको भनिएको विशेष महाधिवेशनले वैधानिकता नपाउने भएको छ ।

५/७ जना मान्छे जम्मा गरेर आइतबार चिमौरिया समुहले ६० दिनभित्र विशेष महाधिवेशन गरेर महासंघलाई निकास दिने दावी गरेको थियो । महासंघको विवादलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत रुपमा दर्ता गराएका चिमौरिया समुहको उक्त गतिविधिले कानुनी मान्यता नपाउने भएको हो ।

‘ख्रीष्टियन महासंघको विवाद हाम्रो कार्यालयमा विचाराधीन छ, उहाँहरुको विवाद समाधानका लागि छलफलमै छौँ’ जिल्ला प्रशासन कार्यालयका एकजना अधिकारी भन्छन्, ‘हाम्रो कार्यालयमा भएको विवाद औपचारिक रुपमा नटुंगिएसम्म बाहिर बाहिर भएका जुनसुकै गतिविधिले कानुनी मान्यता पाउँदैन ।’

महासंघको विवाद अब जिल्ला प्रशासन कार्यालयले नै समाधान गर्ने समेत उनको दावी थियो । उनले थपे, ‘बाहिर के भएको छ, हामीलाई थाहा छैन, हामीले छलफलको प्रयास जारी राखेका छौँ, अहिले सहमति जुटिसकेको छैन ।’

महासंघका अध्यक्ष चरी बहादुर गहतराज(सिबि) लाई अवैधानिक रुपमा कारबाही गरेको दावी गर्दै चिमौरिया समुहले महासंघलाई अनिर्णयको बन्दी बनाइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।