लागुऔषध सहित ६ जना पक्राउ

बिराटनगर, फागुन ८ । झापा, मोरङ, उदयपुर र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो बेलुका ८ बजे झापाको अर्जुनधारा नगरपालिका- ११ स्थित ३७ बर्षीया शोभा श्रेष्ठले आफ्नै घर कोठामा लागुऔषधको बेचबिखान गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट बुट्टाबारी र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर ५ सय ५० मिलिग्राम, बिभिन्न कम्पनिका मोवाईल ११ थान, नगद ३७ हजार रुपैया, घडी ४ थान, ईयरबड २ थान र पावरबैंक १ थान सहित पक्राउ गरेको हो । यसका साथै बेचबिखनमा संलग्न निजको छोरा १९ बर्षीय गोबिन्द श्रेष्ठ, बुहारी १८ बर्षीया सन्ध्या चौधरी श्रेष्ठ र ईलाम सन्दकपुर- ४ की २४ बर्षीया पलबी गुरुङ समेतलाई समेत पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको बिराटनगर- १५ ढाट स्थित भारतबाट नेपालतर्फ आउदै गरेका भारतिय नागरीक २१ बर्षीय मो. सल्मानलाई ब्राउनसुगर १ ग्राम १२ मिलिग्राम सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने उदयपुरको बेलका- ९ स्थित ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले स्थानीय २० बर्षीय निकेश पराजुलीलाई ५ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

त्यस्तै प्रहरी चौकी भोक्राहा सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले भोक्रहा नर्सिङ गाउँपालिका १ र २ को सिमानामा स्थित रहेको गँहु बारीमा बेवारिसे अबस्थामा (८ बोरा) १ सय ९२ किलोग्राम गाँजा फेला पारी बरामद गरेको हो ।

लागुऔषध गाँजा र पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।