सुनसरी जिल्लाको सिमा क्षेत्रमा रहेका सिमा स्तम्भहरुको निरीक्षण तथा अनुगमन
सुनसरी, फाल्गुन १४ । “सीमा पैदल यात्रा तथा अन्तरक्रिया कार्यक्रम -२०८०” “Border Walk and Interaction Program – 2080” अन्तरगत फाल्गुन १३ गते सुनसरी जिल्लाको सिमा क्षेत्रमा रहेका सिमा स्तम्भहरुको निरीक्षण तथा अनुगमन भएको छ ।
सुनसरीको हरिनगरा गाउँपालिका-७ मा रहेको शशस्त्र प्रहरी बल नेपाल BOP घुस्कीको परिसरमा प्रदेश सांसद ईस्राईल मन्सुरी, सुनसरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रदेश तथा सुनसरी जिल्लाका प्रमुखहरु,स्थानीय जनप्रतिनिधिहरु र स्थानियवासीहरुको सहभागितामा सीमा क्षेत्रका समस्या, दैनिक उपभोग्य सामानहरुको किनबेच तथा विविध विषयहरुमा “अन्तरक्रिया कार्यक्रम”को आयोजना गरी कार्यक्रम पश्चात सिमा स्तम्भहरुको स्थलगत निरीक्षण तथा अनुगमन भएको हो ।


