मादी नगरपालिकाले दिने सेवा प्रवाहका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

धनकुटा । संखुवासभाको मादी नगरपालिकाले नगरपालिकाले दिने सेवा प्रवाहका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा यस आर्थिक बर्षको साउन देखि अहिले सम्मको कार्यलयबाट भएको वितिय प्रगति प्रतिवेदन आर्थिक प्रसाशन शाखाका लेखापाल पशूराम कार्किले प्रस्तुत गर्नु भएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा राजनैतिकदल, विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले नगरपालिकाले प्रवाह गरेका बिषयहरुमा सुझाव,गुनासा र प्रश्न गर्नु भएको थियो ।

कार्यक्रममा उठेका प्रश्नको जवाफ आर्थिक प्रशासन शाखाका लेखापाल पशूराम कार्कि,महिला विकास निरिक्षक सुस्मीता फत्तेपुरी, पंञिकरण शाखाका यूवराज शंकर,कृषि शाखाका निमा टेन्जी शेर्पा लगायतले आफ्नो शाखाका विषयमा उठेका प्रश्नको उत्तर दिनु भएको थियो भने मादी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितमान जीमीले समग्र पालिकाका बिषयमा उठेका प्रशासनिक तर्फका प्रश्नको उत्तर दिनु भएको थियो ।

त्यस्तै नगरपालिकाकी उपप्रमुख सुनिता देवि भट्टराई दाहालले अनुगमन समितीका विषयमा उठेका प्रश्नको जवाफ दिनु भएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै मादी नगरपालिकाका नगर प्रमुख जीवन लिंथेपले स्थानिय सरकार जनता प्रति उत्तदायी हुने भएकोले मादी नगरपालिकाले दिने सेवा प्रवाहका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको र यसले मादी नगरपालिकाले गरेका कार्यक्रमहरुका बारेमा सचेत भई सुझाव,गुनासा र प्रश्न विभिन्न सरोकारवाल पक्ष बाट आएकाले त्यसले आगामी दिनमा मादी नगरपालिका लाई कार्यक्रम बनाउन, कार्यन्वयन गर्न सकारात्मक र रचनात्मक बनाएको बताउँनु भयो ।

साथै उहाँले मादीको समग्र सकारात्मक विकासका लागि आफूले काम गरि रहेको बताउँनु भयो । आगामी दिनमा समेत गुनासा, सुझाव र प्रश्न राख्नका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम लाई निरन्तरता दिइने समेत नगर प्रमुख लिंथेपको भनाई थियो ।

मादी नगरपालिकाको आयोजना र धनकुटा मिडिया हाउसको सहजीकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।