धनकुटा सहिदभूमिका राई सहित ७ जना पक्राउ

बिराटनगर, फाल्गुन १८ । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ६ बजे झापाको मेचिनगर नगरपालिका- ६ बसपार्क स्थितबाट जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड- ४ का २१ बर्षीय रबिन चौधरीको साथबाट २ ग्राम ब्राउनसुगर र नेपाली नगद २२ हजार ६ सय रुपैया समेत फेला पारी नियन्त्रणमा लिएको हो ।

यसैगरी सोही दिन प्रहरी बिट मेचिपुल झापाबाट खटिएको प्रहरी टोलीले साईकल यात्री धरान- १२ सुनसरी घर भई हाल भद्रपुर- ७ स्थित बस्दै आएका ३८ बर्षीय सुबर्ण श्रेष्ठलाई भद्रपुर- ५ स्थितबाट ईन्जेक्सन लिक्विड ६ थान फेला पारी पक्राउ गरेको हो । त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको लेटाङ- ९ का ३२ बर्षीय भिम भण्डारीलाई मोरङको बिराटनगर- १६ हुलास चौक स्थितबाट १ ग्राम ९६ मिलिग्राम ग्राउन सुगर सहित पक्राउ गरेको हो भने मिक्लाजुङ गाउँपालिका- ६ मोरङका २६ बर्षीय रविन लिम्बुलाई प्रतिबन्धित औषधी ट्रामाडोल १८२ क्याप्सुल र डोकोलिक २६७ क्याप्सुल सहित ईलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

त्यस्तै अस्थायी प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका- १३ स्थितमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको मे. ७ प ७३७५ र प्रदेश १-०२-०५३ प ७६६० नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलबाट ११ के.जी. गाँजा बरामद गरेसगै चालक कन्काई- १ का ३६ बर्षीय धन बहादुर मुखिया, मोटरसाईकलमा पछडी सवार ३५ बर्षीया गंगा दर्जी र सहिदभुमी गाउँपालिका- ३ धनकुटाका २२ बर्षीय टेकेन्द्र राईलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।