छात्रावासमा मृत भेटिएकी बालिकाको हत्या या आत्महत्या भन्नेबारे अनुसन्धान चल्दै

काठमाण्डौ – चितवनको रत्ननगर नगरपालिमा पर्ने एकता शिशु निकेतनको छात्रावासभित्र मृत भेटिएकी १४ वर्षीया बालिकाको हत्त्या भएको हो या आत्महत्या भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनका परिवार र आफन्तले हत्या भएको दाबी गरेका छन् । तर पोस्टमार्टम लगायतको रिपोर्ट आएपछि मात्र हत्या वा आत्महत्या भन्न सकिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीले बताउनुभयो।

एक, दुई दिनमै रिपोर्ट आउने र त्यसपछि हत्या वा आत्महत्या के हो भन्ने खुल्ने उहाँको भनाइ छ । बालिकाको हत्या भएको परिवार र आफन्तले आरोप लगाइरहँदा प्रहरीले बालिकाको सुसाइड नोट फेला पारेको छ । सुुसाइड नोट बालिकाले नै लेखेको हो कि होइन भन्नका लागि फोरेन्सिक जाँच भैरहेको पनि प्रहरीले जनाएको छ ।

गएको शनिवार बालिका कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । घटना भएको तेस्रो दिन आफन्तले दिएको किटानी जाहेरी दर्ता गरेपछि चितवन प्रहरीले विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र छात्रावासका वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । मृतक बालिकाका परिवारले हत्या नै भएको भन्दै न्यायका लागि अभियान चलाएका छन् । छात्राहरु बस्ने होस्टलमा पुरुष वार्डेन राखिएकोप्रति परिवार र आफन्तले प्रश्न उठाउँदै आएका छन् ।

गोरखा अजिरकोट गाउँपालिका– ५ स्थायी घर भएकी बालिका दुई वर्षदेखि विद्यालयको छात्रावासमा बसेर पढ्दै आएकी थिइन् । आफन्तका अनुसार बालिकाको बाबुआमाको १० वर्षअघि नै सम्बन्धबिच्छेद भैसकेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।