नि:शुल्क स्वास्थ्य जाँच तथा खेल सामाग्री वितरण
धनकुटा । दुर्गा लक्ष्मी परोपकार संस्थाले धनकुटामा रहेकाे बाल पुनःस्थापन केन्द्र श्रीपंन्चमीमा निशुल्क स्वास्थ्य जाँच शिविर तथा खेलकूद सामाग्रीहरू वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।
कुनै पनि रोग सम्बन्धि रोगहरुको समुदाय स्तरमै गएर जनचेतना जागरण गर्न जरूरी भएकोले स्वास्थ चेक जाचँ संगै स्वास्थ रहनका लागि खेलकुद पनि आवश्यक भएकाेले याे कार्यक्रम गरिएको दुर्गा लक्ष्मी पराेपकार संस्थाकी महासचिव संम्पदा श्रेष्ठले बताउनु भयाे ।
निशुल्क स्वास्थ्य जाँच शिविरमा स्वास्थ्य जाँच गरिएकाहरुकाे स्वास्थ्य समान्य रहकाे संस्थाका काेषाध्यक्ष महेश श्रेष्ठ जानकारी दिनु भयाे । कार्यक्रम दुर्गा लक्ष्मी परोपकार संस्था जिल्ला शाखाकीअध्यक्ष सरस्वती श्रेष्ठ को सभापतित्व मा कार्य सम्पन्न भएकाे थियाे ।
कार्यक्रमकाे उत्घाटन साेहि केन्द्रमा विगत १७ बर्ष देखी बालबालिका हरूको सेवा गरी रहनु भएकी ८१ बर्षीय मन माया तामाङले गर्नु भएकाे थियो । कार्यक्रममा सामाजिक अभियान्ता इश्वर श्रेष्ठले केन्द्रका बालबालिका हरूको लागी विभिन्न प्रकार का खेलकूद सामग्री हरू हस्तान्तरण गर्नु भएकाे थियाे । कार्यक्रममा समाज सेवी मनोज नारायण श्रेष्ठ, मीना श्रेष्ठ लगायतले राख्नु भएकाे थियाे ।


