पोखरा घुम्न आएका दुई युवकको मोटरसाइकल दुर्घटनामा मृत्यु

काठमाडौ । पोखरामा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा कैलाली जिल्लाको सोरहनपुर गाउँपालिका वडा नं ३ का २८ वर्षीय महेश आचार्य र जानकी गाउँपालिका वडा नं ३ का ३० वर्षीय शैलेन्द्र कुमार उपाध्याय छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो ।

उपचारका क्रममा आचार्यको बिहान ४ः१४ बजे र उपाध्यायको ४ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी सूर्यबहादुर रानाका अनुसार पोखरा महानगरपालिका वड नं ७ बुलौंदीमा आज बिहान ३ः४५ बजे दुर्घटना भएको हो ।

लेकसाइडबाट जिरोतर्फ आउँदै गर्दा बा.प्र०२-०३४प५६२१ नम्वरको बुलेट मोटरसाइकल सडक बिचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

मृतक दुवैको शव शनिबार दिउसो आफन्तले बुझेको प्रहरी निरीक्षक रानाले बताए । उनीहरु घुम्नका लागि शुक्रबार काठमाडौंबाट पोखरा आएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।