मध्यपहाडी जिल्लाका अमिलाजात फलफुल किसानलाई तालिम
धनकुटा,२० फागुन । धनकुटामा रहेको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्ले मध्यपहाडी १९ जिल्लाका २० जना अमिला जात फलफूल उत्पादक किसानलाई लक्षित गरि अमिला जात फलफूलको विषयमा आवसीय तालिम दिएको छ ।
पछिल्लो समयमा अमिलाजात फलफूलमा किसानले भोग्नु परेको समस्या, समाधान गर्ने उपाय, किसानलाई प्राविधिक ज्ञान, बगैचा व्यवस्थापनमा ध्यान दिनुपर्ने कुरा, नर्सरी किसानले गुणस्तरीय विरुवा उत्पादन गर्न अपनाउनुपर्ने विधि लगायत विषयमा तालिममा सहभागिहरुलाई प्रशिक्षण गरिएको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकटाका संयोजक बरिष्ठ बैज्ञानिक बसन्त चालिसेले जानकारी दिए ।
तालिममा कोशी प्रदेश देखि सुदुरपश्चिम प्रदेशसम्मका विभिन्न जिल्लाका किसानहरुको सहभागिता रहेको थियो ।


