खोटाङको हलेसी तुवाचुङमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

खोटाङ, फागुन २० । खोटाङको हलेसी तुवाचुङ नगरपालिका- १० अर्खौले स्थितमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

आज बिहान १० बजे मध्य पहाडी लोकमार्गको खार्पाबाट कटारीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१-००६ ख २४०२ नम्बरको टिपरले बिपरित दिशाबाट आउँदै गरेको स. ९ प १२१२ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक खोटाङ हलेसी तुवाचुङ – ६ का २० बर्षीय टंकल राईको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनामा संलग्न ठक्कर दिने टिपर र टिपर चालक कटारी नगरपालिका- ३ उदयपुरका ४३ बर्षीय पदम कुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शवलाई सम्पुर्ण कानुनि प्रकृया पश्चात पोष्टमाटमको लागि जिल्ला अस्पताल खोटाङ पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।