महिला दिवसको अवसर पारेर तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट २०२४” को आयोजना हुने

विराटनगर । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट २०२४” को आयोजना हुने भएको छ ।

सोमबार आयोजकले विराटनगरको ज्वाला क्रिकेट मैदानमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा फाल्गुन २२ देखि फाल्गुन २४ गतेसम्म विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदान प्रतियोगिता सञ्चालन गर्ने फाउण्डेसनलका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी गराए ।

मुलुकमा महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून सङख्यामा हुने भएकोले त्यसलाई ध्यानमा राखि राष्ट्रियस्तरमा दक्ष खेलाडी उत्पादनमा सहयोग पु¥याउन खेलको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगितामा कोशी प्रदेशबाट मोरङ र इलाम गरि २ जिल्ला र मधेश प्रदेशबाट सिरहा र सप्तरीसहित ४ जिल्ला सभागि हुने सहभागिता हुने अध्यक्ष श्रेष्ठले बताए ।

लिगको आधारमा खेलाई सो प्रतियोगितामा टप दुई टिमले फाइनल खेल्ने खेल सम्योजक विशाल साहले बताए । खेल टि–२० फर्माटमा खेलाइने छ उनले जानकारी दिए । ४ दिन सम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख ५० हजार खर्च हुने सम्योजक साहले बताए ।

यस क्षेत्रका महिला खेलाडीमा खेलप्रति आत्मविश्वास रहेको र प्रतियोगिताले उनीहरुको कौशलतामा वृद्धि गर्न सहयोग पुग्ने क्रिकेट विथआउट वाउण्ड्रिका स्वयंसेवक प्रशिक्षक रचना रामचन्दनले बताबताइन् । वाउण्ड्रिका स्वयंसेवक प्रशिक्षक वेलायती नागरिक काउपेड्रीले महिला खेलाडीमा क्रिकेटप्रति उत्सुकता रहेको पाएको जानकारी बताए ।

यस्तै अर्का स्वयंसेवक प्रशिक्षक एच लाम्वले महिलाहरुलाई घरपरिवारबाट खेल्न लगाइने बन्देज हटाउन चेतना वृद्धिको आवश्यक्ता रहेको उल्लेख गरे । प्रतियोगिताका वाउण्ड्रिका छ जना स्वयंसेवक प्रशिक्षक आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।