पाख्रीबास निवासी एक परिवारद्वारा छोरीको जन्मदिनमा फरक क्षमता भएका वालवालिकालाई सहयेोग
धनकुटा । धनकुटाकाे पाख्रीवास निवासी एक परिवारले विद्यालयका फरक क्षमता भएका वालवालिकाहरुलाई पाेषाक वितरण गर्दै आफ्नाे छाेरीकाे जन्म दिन मनाएकाे छ ।
मधेश प्रदेशकाे सप्तरी जिल्ला खडक नगरपालिका ८ स्थायी घर भई हाल पाख्रीवास ४ मा बस्दै आएका प्रकाशबाबु शाहकाे परिवारले आफ्नाे छाेरी कृषीका शाहकाे जन्म दिन धनकुटा १ हिलेमा रहेकाे हिले मा.वि का फरक क्षामताका ७ जना विद्यार्थीहरुलाई पाेषाक वितरण तथा खाजा खुवाउदै जन्म दिन मनाएकाे हाे ।
आफ्नाे छाेरी ६ वर्ष पूरा भइ ७ वर्ष लागेकाे अवसरमा विद्यालयका शिक्षकहरु सँग सरसल्लाह गरेर त्यसरी जन्म दिन मनाएकाे शाहले बताउनुभयाे । घरमै बसेर जन्मदिन मनाउनु भन्दा कसैलाई सहयाेग गरेर मनाउदा आफ्नाे बच्चामा पनि सरसहयाेगकाे भावना जाग्ने, सामाजिक काम सिक्ने र अरुलाई पनि केही सहयाेग समेत पुग्ने भएकाेले त्यसरी जन्मदिन मनाएकाे शाहकाे भनाई छ ।


