धनकुटाको सांगुरीगढीमा सवारी दुर्घटनामा घाइते ३ मध्ये एकको अवस्था गम्भिर
धनकुटा । धनकुटाको सांगुरीगढीमा सवारी दुर्घटना भएको छ ।
आज अं. १८:४५ बजेको समयमा धनकुटाको साँगरीगढी गाउंपालिका वडा नं ६ गर्जुवा स्थित कोशी लोक मार्गमा भेडेटारबाट मुलघाट तर्फ जादै गरेको को १ च ३२८० नम्बरको मारुती भ्यान र विपरीत दिशाबाट जादै गरेको को ३३ प ८३५७ नम्बरको मोसा एक आपसमा ठोक्किंदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा ३ जना घाइते भएको र ३ जनाकै अवस्था गम्भिर रहेकोले तत्काल उचारको लागी धरान घोपा तर्फ पठाईएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा मोटरसाइकल चालक धनकुटा साँगुरीगढी गा.पा ६ बस्ने २२ बर्षिया अभिषेक लिम्बु, २५ बर्षीया दिवश
तामाङ र मारुती भ्यान चालक सोही ठाउंका ३० बर्षीया तुल बहादुर राई रहेको र राईको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।


