सहिदभूमिमा भोलि शोक विदा
धनकुटा । धनकुटाको सहिदभूमि गाउंपालिकाले भोलि शोक विदा दिने भएको छ ।
गापामा कार्यरत महिला स्वास्थ्य स्वयम सेविका सहिदभूमि गापा ६ निवासी ईन्द्र कुमारी राईको गत फागुन ३० गते भएको निधनमा शोक मनाउन भोलि शोक विदा दिने निर्णय गरिएको गापाद्वारा जारी सुचनामा उल्लेख छ ।
शोक बिदाको दिन पालिका अन्तर्गतका सबै वडा कार्यालयहरु, विद्यालयहरु, स्वास्थ्य संस्थाहरु एवं सेवा केन्द्रहरुमा आकस्मिक बाहेकका सेवाहरु बन्द रहने प्रमुख प्रशासकीय अधिकृत नविन कार्कीद्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ ।



