धनकुटामा प्रहरी जवान बराल फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाद्वारा प्रहरी जवान सुमन बराल फागुन महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

सर्बोत्कृष्ट घोषित भएका बरालले विभागीय मूल्य-मान्यता,आदेश- निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबलका साथ यस कार्यालयको संचार शाखामा कार्यरत रही आफ्नो पदीय जिम्मेवारी प्रति पूर्ण बफादार भई शाखाको अभिलेख व्यवस्थापन, तालुक कार्यालय तथा यस कार्यालयका कार्यालय प्रमुखबाट भएका नीति निर्देशनहरू मातहत प्रहरी युनिटलाई आदान प्रदान गरी भए गरेका काम कारवाहीहरुलाई पूर्णता दिनलाई समयमानै फलोअप गर्ने गरेको, यस धनकुटा जिल्लामा घटेका घटनाहरुको विवरण प्राप्त हुन साथ सिलसिलेवार रूपमा जाहेर गरी DIRS मा त्रुटिरहित ढंगले Entry गर्ने गरेको, तालुक कार्यालयवाट हुने Video Conference को प्राविधिक व्यवस्थापन लगायतका कार्य तथा यस कार्यालयको विभिन्न शाखामा रहेका प्राविधिक उपकरणहरूमा आएका समस्याहरूको समाधान गरी प्रहरी काम कारवाहीलाई छिटो छरितो र प्रविधि मैत्री बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको पाइएको हुँदा प्रहरी चौकी डाँडाबजार धनकुटा संचार दरबन्दी भई यस कार्यालयमा कार्यरत प्रहरी जवान सुमन बराललाई निजले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै २०८० साल फागुन महिनाको उत्कृष्ट प्रहरी (POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय धनकुटाले जिल्ला भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।