साँगुरीगढी नौ धनकुटामा होली विशेष साँगीतिक कार्यक्रम
हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी ९ मा होली विशेष प्रथम चाँदीबजार साँगीतिक महोत्सव तथा सम्मान कार्यक्रम २०८० यही चैत्र ११ र १२ गते हुन गैइ रहेको छ।
महोत्सवमा चर्चित राष्ट्रिय गायक तथा रचनाकार कृष्णभक्त राई, गायिका जुनी खालिङ् राई, गायिका सुनिता थेगिम लिम्बु र साथमा चर्चित हाँस्यकलाकार फुलन्देको आमा(उमेश राई) को साथमा स्थानिय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ।
कार्यक्रम सञ्चालन मेरिना तुम्सा लिम्बुले गर्नेछिन् । सम्मान कार्यक्रम चैत्र ११ गते रहेको छ, भने चैत्र १२ गते साँगीतिक कार्यक्रम रहेको आयोजक चाँदीबजार व्यावस्थापन समिति र मुक्तीनाथ मन्दिर व्यावस्थापन समितिले जानकारी दिनु भएको छ।
यस होली विशेष सम्मान कार्यक्रम तथा साँगीतिक कार्यक्रमलाई देश-विदेशमा रहेर विभिन्न क्षेत्रमा कार्यरत रहनु भएका व्यक्तित्वहरू मार्फत अहिले धमाधम आर्थिक सहयोग भैइरहेको छ।


