धनकुटा औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालन गर्ने प्रदेश सरकारको तयारी

धनकुटा । कोशी प्रदेश सरकारले धनकुटा अ‍ौद्योगिक ग्राम पूर्णरूपमा सञ्चालनको तयारी थालेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आउँदो ६ महिनाभित्र धनकुटा औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालनमा आउने गरीको खाका १५ दिनभित्र तयार गरेर ल्याउन निर्देशन दिएका छन् । अ‍ौद्योगिक ग्राम क्षेत्रको मंगलबनर अवलोकनपछि मुख्यमन्त्री कार्कीले ग्रामका अध्यक्ष तिलक महतलाई औद्योगिक ग्रामभित्र उद्योग सञ्चालनको खाका १५ दिनभित्र तयार पारेर नल्याए कारबाहीको चेतावनी समेत दिएका हुन् ।

अ‍ौद्योगिक ग्राम परिसरमा निर्मित २७ मध्ये नौ वटा भवनमा लघु उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाले जानकारी दिएका छन् । जसमा सेनेटरी प्याड र खाध्यन्न सामाग्रीहरू उत्पादन भए पनि परिमाण कम रहेको छ ।

मुख्यमन्त्री कार्कीले ग्रामलाई पूर्णरुपमा सञ्चालन गरेमा पूर्वी पहाडी क्षेत्रको जनजीविकामा सहजता हुने बताउँदै सञ्चालनका लागि आवश्यक निर्देशन दिएका हुन् । मुख्यमन्त्री कार्कीले भने, ‘यस क्षेत्रको स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना भएपछि मात्रै यो क्षेत्रका बासिन्दा लाभान्वित हुनसक्छन् ।’

ग्राम स्थापनाको ५ वर्ष बितिसक्दासमेत पूर्णरुपमा सञ्चालनमा आउन सकिरहेको छैन । ५२ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक ग्राम सञ्चालनमा आएपछि पूर्वी पहाडको घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा टेवा पुग्ने प्रदेश सरकारको विश्वास छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।