धनकुटाको खानेपानी समस्या समाधान गर्न एक करोड बजेट दिने मन्त्री राईको घोषणा, पछि थप गरिने

धनकुटा । खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटा बजारको खानेपानी समस्या समाधानका लागि चालु आर्थिक वर्षमा मन्त्रालयको तर्फबाट एक करोड बजेट उपलब्ध गराउने घोषणा गरेका छन् । नवनियुक्त मन्त्री राईलाई बधाई तथा सम्मानका लागि धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री राईले यस्तो घोषणा गरेका हुन् ।

खानेपानी उपभोक्ता समितिलाई अहिले एक करोड दिने र आगामी आर्थिक वर्षमा आवश्यकता अनुसार पुनः बजेट थप गर्ने मन्त्री राईको भनाई छ । ‘देशभरको खानेपानी समस्या समाधान गर्ने जिम्मेवारी मेरो काँधमा आएको छ । त्यसमा पनि मेरो गृहजिल्ला भएकाले धनकुटाको समस्या समाधान गर्नुपर्ने काम प्राथमिकतामा रहन्छ,’ मन्त्री राईले भने, ‘धनकुटा बजारको खानेपानीका लागि यो वर्ष एक करोड बजेट आउँछ, अर्को वर्ष आवश्यकता अनुसार क्रमश बजेट थप गर्दै जाउला ।’

सो अवसरमा खानेपानी उपभोक्ता समिति अध्यक्षसमेत रहेका धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले खानेपानी समस्या समाधानका लागि बजेट माग गर्दै मन्त्री राईलाई माग पत्र पनि बुझाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।