छथर जोरपाटीका एक बालिका बेपत्ता
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ६ की एक बालिका वेपत्ता भएकी छिन् ।
कालो रंगको हुँडी, कालै रंगको पेन्ट,सेतो जुत्ता लगाएकी, निधारमा खत भएकी वर्ष १५ की दिपिका भनेर चिनिने देवका वस्नेत हराएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
कसैलाई जानकारी नै नगराई घरबाट निस्केर हिडेको उनी घर नफर्केको र आफन्तकोमा खोजी गर्दा समेत फेला नपरेपछि आज खोज तलासका लागि उनकी आमाले प्रहरी चौकी सिधुवामा निवेदन दिनु भएको छ ।
त्यसपछि जिल्ला प्रहरी कार्यलय र मातहतका प्रहरी कार्यालयको प्रहरी टोली मार्फत खोजि कार्य जारी रहेको प्रहरीको भनाई छ ।


