धनकुटामा २६ जनालाई दिईयो उद्घोषण तथा नेतृत्व विकास तालिम

धनकुटा । धनकुटाका युवाहरुलाई नेतृत्व सिप प्रदान गर्ने उद्देश्यले पाँच दिनसम्म आयोजना गरेको उद्घोषण तथा नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयको आयोजना र खबरपालिका मिडिया नेटवर्क प्रालिको संयोजनमा धनकुटाका युवाहरुलाई तालिम दिईएको हो ।
चैत्र १८ गतेदेखि चैत्र २२ गतेसम्म संचालन गरिएको तालिममा १५ जना महिला र ११ जना पुरुष गरी जम्मा २६ जना प्रशिक्षार्थीको सहभागिता रहेको खबरपालिका मिडिया नेटवर्कका प्रबन्धक विदुर खवासले जानकारी दिनुभयो ।

पाँच दिनसम्म संचालन भएको तालिमको बिहिबार एक कार्यक्रमका बिच समापन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख इश्वर थापाले जानकारी दिनुभयो ।

समापन कार्यक्रममा बोल्लु हुदै कार्यक्रमका प्रमुख अतिथि धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले तालिममा सिकेको सिपलाई व्यवहारमा पनि उतार्नु पर्नेमा जोड दिनुभयो । पौडेलले सिप कहिले पनि सिकेर नसकिने भएकाले क्षमता विकासका लागी तालिम आवश्यकता रहेको बताउनु भयो । कुनै पनि कुरा कसैसँग गर्न वा बेल्न पनि व्यक्तिको क्षमतामा भर पर्ने भएकाले तालिम महत्वपूर्ण रहेको उहाले बताउनुभयो ।

कार्यक्रममा बोल्नु हुदै घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख इश्वर थापाले आगामी दिनमा पनि यस्था खालका कार्यक्रम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । ५ दिनसम्म सञ्चालन भएको तालिमको सहजीकरण प्रशिक्षक ज्ञानेन्द्र निरौलाले गर्नुभएको थियो ।

कुनै पनि कार्यक्रममा उद्घोषकको आवश्यकता पर्ने भएकाले नेतृत्व विकास सँगै क्षमता विकासका लागी समेत तालिमको आयोजना गरीएको खबरपालिका मिडिया नेटवर्क प्रालिका प्रबन्धक विदुर खवासले बताउनु भयो ।

युवाहरुलाई दक्ष बनाई समाज रुपमन्तरण गर्न खबरपालिका मिडिया नेटवर्कले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि नेतृत्व विकास सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖