धनकुटामा आगोमा जलेर दुई बालक घाइते
धनकुटा । जिल्लाको धनकुटा नगरपालिका वडा नं ३ कागतेका दुई वालक आगोमा जलेर घाईते भएका छन् ।
आज विहान त्यहाँका राजु श्रेष्ठले आफ्नो बारीमा झ्यास भेला गरी आगो वालेर खेत जोत्न गएको समयमा सोही स्थान नजिकै खेलिरहेका उनका १० वर्षका छोरा रोशन श्रेष्ठ र ३ वर्षका विवेक श्रेष्ठ आगोमा परेर घाईते भएका हुन् ।
उनिहरु मध्ये रोशनको दाहिने खुट्टा र हात र विवेकको घाटी भन्दा मुनिको भाग जलेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
उनिहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि विहान १० ३० वजे नै न्यूरो अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ ।


