धरानमा कन्दरा ब्याण्ड आउँदै

धरान। आगामी बैशाख ८ गते शनिबार नयाँ बर्ष २०८१ को अवसर पारी धरानको धरान रंगशालामा लोकप्रिय ब्याण्ड कन्दरा आफ्नो नयाँ टिमअप सहित “कन्दरा लाईभ इन धरान ” सांगीतिक कार्यक्रम मार्फत धरानमा आफ्नो प्रस्तुति दिंदैछन्।

६ बर्ष अघि धरान संगै दमक र बिर्तामोडमा भब्य कन्सर्ट सम्पन्न गरिसकेको कन्दरा ब्याण्डमा अहिले गायक विवेक श्रेष्ठ र सुनिल थापासँगै, नेपालमै पहिलोपटक जिप्सीज्याज म्युजिक भित्राएका हरि महर्जन, पछिल्लो पुस्ताका चर्चित गितार वादक देव लामा, वेस गितारमा पङ्कज झा, ड्रमसेट र मादल (प्रक्रिउजन) मा विज्ञ सुन्दर महर्जनको टिमअप रहेको छ। यो टिम जुटे संगै कन्दराले “बिचरा म” बोलको गीत सार्वजनिक गरिसकेको छ भने गत पौष २७ गते पोखरामा भब्य कन्सर्ट सम्पन्न गरेर पुन आफ्नो कौशलता प्रदर्शन गरिसकेको छ।

पचासको दशकदेखि को निक्कै नै लोकप्रिय ब्याण्ड कन्दराका मुख्य गायक बिबेक श्रेष्ठको बिचमा विदेश पलायनले सुस्ताएको कन्दरा बिबेक श्रेष्ठको नेपाल आगमन संगै जुर्मुराउदै आइरहेको छ र अब भने कन्दरा पुरै जोशजाँगरका साथ् नया टिमअपमा मैदानमा आउने जमर्को गरिसकेकोच छ। गत पौष २७ गतेको आफ्नो पहिलो संगीत यात्रा ” पहिला घरदेश अनि परदेश ” भन्ने नाराका साथ आफ्नो घरेलु मैदानमा सम्पन्न गरिसकेको छ। सातै प्रदेशको मुख्य शहरहरुमा कन्सर्ट आयोजना गर्ने पहिलो लक्ष्य अनुरुप धरानमा कन्दराको यो टिमअपको दोस्रो कन्सर्ट रहेको छ। यसपछि चितवन , सुर्खेत , नेपालगंज , बुटवल , जनकपुर , काठमाडौँ लगायतका प्रमुख शहरहरु संगै नेपालका कुना-कन्दरा लगायतका सम्पूर्ण ठाउँमा आफ्नो कन्सर्ट लिएर जाने योजना रहेको कन्दराका मुख्य खम्बा तथा गायक बिबेक श्रेष्ठले बताए।

‘लेककी हे माया,’ तगारोमा रुमाल राखी,’ जिन्दगी उत्सव हो’, ‘हङकङ पोखरा’, ‘चञ्चले कान्छीको जोवन ’ ‘लेककी हे माया,’ ‘तिमी पारी त्यो गाउँमा ,’ ‘विदेशीएर गइन् उनी’ “भेंडीगोठैमा , प्रियसीको कल्पनामा बिश्वासको दियो लगायतका थुप्रै पुराना चर्चित गीतहरु संगै नयाँ गीत ‘विचरा म ’ लगायतका गीतहरु कन्दरा लाइभ इन धरान- कन्सर्टको पुरा समय कन्दरा ब्याण्डले पस्केर धराने दर्शकहरुलाई मनोरन्जन् दिनेछन।

यसघि ६ बर्ष अघि धरानको पब्लिक हाईस्कुलको मैदानमा धरानको दर्शकहरुको पुरै साथ पाएकोले पनि आफ्नो नयाँ टिमअप सहितको कन्दराले पोखरा पछि धरानमा नै कन्सर्ट गर्न रोजेको शहर हो। कन्दरा ब्याण्डले २६ बर्ष अघि धरानको गणेश टाकिजमा आफ्नो पहिलो धरानको कन्सर्ट गरेको थियो।

सिल्भर इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको कन्सर्टको लागि सम्पूर्ण तयारी भैसकेको छ। कन्सर्टको साउण्ड , लाइट , स्टेज तथा एलईडीको व्यवस्थापन पुर्वमा नै नाम कहलिएको सुन्दर साउण्ड सर्भिसले गर्दैछ। धरानमा अहिले सम्मकै भब्य र सभ्य कन्सर्टको रुपमा आयोजनाको तयारी भैरहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।