पाख्रीबास नगरपालिकाद्वारा किसानलाई   मिनि टेलर हाते ट्याक्टर वितरण

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाले किसानलाई खेतबारी जोत्नका लागि  मिनिटेलर हातेट्याक्कटर वितरण गरेको छ । परम्परागत कृषि पेशालाईं  व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन नगरपालिकाले मिनिटेलर हातेट्याक्कटर   वितरण गरेको हो।  

नगरपालिकाले  ६ वटा कृषि सहकारी तथा  समूहलाई १,१ वटा ६ वटा  मिनिटेलर हातेट्याक्कटर  प्रदान गरेको हो। श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि पाख्रीबासका किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।  

पाख्रीबास  नगरपालिकाले ८५  प्रतिशत अनुदानमा ७० हजार लगतको कृषकको १५ % प्रतिशत गरि  मिनिटेलर ४ लाख २० हजार बराबरको   खरिद गरेर वितरण गरेको कृषि शाखा  प्रमुख ईन्द्रमाया तामाङले  बताउनुभयो । मिनिटेलर वितरण  गर्नुहुदै नगर प्रमुख ज्ञान बहादुर गुरुङले आगामी दिनमा  ‘किसानको थप सुविधा र कृषिमा आधुनिकीकरणका लागि नगरपालिकाले विशेष कार्यक्रमहरु ल्याउने बताउनुभयो ।  

 पाख्रीबास नगरपालिकाको आर्थिक विकास संयोजक वडा अध्यक्ष सरोज राईको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख नम्रता गौतम , प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र सुवेदी , लेखा प्रमुख मात्रिका धिताल , वडाअध्यक्षहरु, पाख्रीबास प्रहरी कार्यालय ईन्चार्ज लगायतकाको उपस्थिति थियो ।

सोही अवसरमा मोडन एग्राेटेकका सञ्चालक लाखमान घिसिङले किसानलाई हातेट्याक्कटर चलाउका लागि आवश्यक पर्ने प्राविधिक कुराहरूको प्रशिक्षण दिनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।