रैथाने कला,संस्कृति र परिकारको संरक्षण गर्न धनकुटाको हिलेमा आजबाट खाना महोत्सव

धनकुटा । धनकुटाको हिलेमा आज देखि रैथाने कला संस्कृति र परिकारको संरक्षण, आन्तरिक तथा बाह्य पर्यटकको प्रबद्र्धन भन्ने मुल नाराका साथ हुन लागेको खाना महोत्सव तयारी पुरा भएको आयोजकले जनाएको छ ।

आज देखि बैशाख ९ गतेसम्म आयोजना हुने लागेको तेश्रो स्टिट खाना महोत्सवको तयारी पुरा भएको आयोजक संस्था हिले पर्यटन प्रवद्र्धन तथा पुर्वाधार विकास संस्था तथा होटल एसोसिएसन धनकुटाले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

रैथाने कला संस्कृति र परिकारको संरक्षण, आन्तरिक तथा बाह्य पर्यटकको प्रबद्र्धन भन्ने मुल नाराका साथ हुने महोत्सवको तयारी पुरा भएको होटल एसोसियसन धनकुटाका अध्यक्ष खगेन्द्र विष्टले जानकारी दिए ।

यस्तै ५ दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुतीसँगै विभिन्न जातजाति समुदायको आ–आफ्नौ मौलिक संस्कृतिहरुको पनि प्रस्तुती हुने आयोजकले जनाएको छ ।

महोत्सवमा १० वटा स्टलहरुमा विभिन्न खानाको परिकारहरुको रहने भएका छन् । स्टलमा विशेष गरेर कोदोको ढेडो, फापरको ढेडो, कोदो तथा फापरको रोटी, गुन्द्रुकको अचार, किुनामाको अचार, सेलरोटी, कोदोको छ्याङ्ग, हिलेको तोङ्गवा, सिकुटी, लगायत अन्य लोकल मौलिक परिकारहरु रहने छन्। साथमा हिले आसपासका पर्यटकिय स्थलहरुको प्याकेजमा भ्रमण तथा अवलोकन गर्न व्यवस्था मिलाइने आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।