साँगुरीगढीमा जंगवहादुर थापा स्मृति तेस्रो डाँडाबजार गोल्डकप फुटवल प्रतियोगिता हुने

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ५ डाँडाबजारमा आगामी वैशाख १४ गतेदेखि जंगवहादुर थापा स्मृति तेस्रो डाँडाबजार गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ ।

आयोजक डाँडाबजार फुटवल क्लवले विहिवार पत्रकार सम्मेलनको आयोजना गरि आगामी वैशाख १४ देखि १७ गतेसम्म डाँडाबजार गोल्डकप हुन लागेको जानकारी दिएको हो ।

डाँडाबजार खेलमैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले २ लाख ५० हजार सहित ट्रफी र मेडल प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक डाँडाबजार फुटवल क्लवका अध्यक्ष राजकुमार सुब्बाले बताए ।

हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै सर्वोत्कृष्ट खेलाडी र विधागत पुरस्कारको व्यवस्था समेत गरिएको छ ।

प्रतियोगितामा आयोजक डाँडाबजार फुटवल क्लव सहित डाँगीहाट फूटवल क्लव बेलवारी, निराजन यूवा क्लव धरान, रारा फुटवल क्लव, लेटाङ फुटवल क्लव, गाईघाट फुुटवल क्लव उदयपुर, कोशी प्रदेश प्रहरी रानी विराटनगर, तालतलैया फुटवल क्लव गरी ८ टिमको सहभागिता रहनेछ ।

हरेक वर्ष फागु पूर्णिमाको दिन प्रतियोगिता संचालन हुँदै आइरहेपनि पनि यो संस्करणमा भने मैदान स्तरन्नोत्तिको कारण ढिलाई भएको धनकुटा जिल्ला फुटवल संघका उपाध्यक्ष समेत रहेका डाँडाबजार फुटवल क्लवका कोषाध्यक्ष मणीकुमार देवानले बताए ।

अघिल्लो संस्करण नाइन साइजमा प्रतियोगिता संचालन भएको थियो । तर यो वर्ष भने मैदान स्तरउन्नोत्ति गरेर एलाभेन साइजको बनाइएको उनको भनाई छ ।

प्रतियोगितालाई भव्य रुपमा संचालन गर्न गाउँपालिका, वडा कार्यालय, विभिन्न सामाजिक संघसंस्था, देश तथा विदेश वस्ने नेपालीहरुबाट सहयोग प्राप्त भइरहेको छ । प्रतियोगिता संचालनको लागि करिव ११ लाख रुपैया बजेट विनियोजन गरिएको छ ।

‘डाँडाबजारको शान, खेलकुदवाट पहिचान’ भन्ने मूल नाराका साथ संचालन हुने प्रतियोगिताको मुख्य उद्देश्य ८–१३ उमेर समूहको खेलाडी उत्पादन गर्नु रहेको आयोजक समितिमा आवद्ध समेत रहेका ५ नं. वडाका वडाध्यक्ष खड्गवहादुर लिम्बूले बताए ।-एचआर न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖