अपडेट : धनकुटामा माइक्रो बस दुर्घटनामा धनकुटाकै ५ जना घाइते ! घाइतेहरुको नामावली सहित स्थिति कस्तो छ ?
धनकुटा । धनकुटामा गएराती भएको माईक्रो बस दूर्घटनामा परि घाईते भएका मध्ये ४ जना डिस्चार्ज भएका छन् ।
काठमाण्डौबाट संखुवासभा तर्फ जाँदै गरेको बा ५ ख ७२४ नं को माईक्रो बस दूर्घटनामा परि १९ जन घाईते भएका थिए । ती मध्ये १० जनालाई जिल्ला अस्पताल धनकुटामा सामान्य उपचार पछि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको प्रहरीले जनाएको छ ।
४ जना जिल्ला अस्पतालमा उपचारपछि डिस्चार्ज भईसकेको र अन्य ५ जनाको त्यही उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । माईक्रो बस चालक सूर्यविनायक नगरपालिका वडा नं ९ भक्तपुरका ४६वर्षका शरण आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दूर्घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
घाईतेहरुको नाम, ठेगाना र अवस्था:-
१, जिल्ला संखुवासभा खादवारी नपा-५ बस्ने वर्ष ५९ की दुर्गादेवी राई, भित्री चोट अवस्था गम्भिर, घोपामा उपचार हुँदै ।
२,जिल्ला संखुवासभा पाचखपन नपा-६ बस्ने वर्ष ३९ को सुमन श्रेष्ठ, छाती र खुट्टामा चोट, अवस्था मध्यम,जिल्ला अस्पताल धनकुटामा उपचार हुँदै ।
३, जिल्ला संखुवासभा खादवारी नपा-१ बस्ने वर्ष ३५ की अल्का भण्डारी, हात खुट्टामा चोट, अवस्था मध्यम, जिल्ला अस्पताल धनकुटामा उपचार हुँदै ।
४, जिल्ला संखुवासभा खादवारी नपा-१ बस्ने अल्का भण्डारी को छोरा वर्ष ७ का आसिश तिम्सिना, अवस्था सामान्य । जल्ला अस्पताल धनकुटामा उपचार हुँदै ।
५, जिल्ला संखवुासभा भोटखोला गापा-४ बस्ने वर्ष ३५ को लिबना राई, टाउको ढाडमा चोट, अवस्था मध्यम, जिल्ला अस्पताल धनकुटामा उपचार हुदै ।
६,जिल्ला भोजपुर षडानन्डा नपा-५ बस्ने वर्ष ६४ को कृष्ण बहादुर दाहाल टाउको हातमा चोट अवस्था मध्यम जिल्ला अस्पताल धनकुटामा उपचार हुदै ।
७, जिल्ला धनकुटा धनकुटा नपा-१ बस्ने वर्ष ३५ का कल्पना तामाङ, भित्री चोट, अवस्था मध्यम विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सनुसरीमा उपचार हुदै ।
८,जिल्ला धनकुटा नपा –१ बस्ने वर्ष ५५को गंगाराम गोम्देन, कम्मरमा चोट अवस्था मध्यम, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सनुसरीमा उपचार हुदै ।
९, जिल्ला काठमाण्डौ मनपा-३ बस्ने वर्ष ४२ का सजृ ना गरुङ छाती र पेटमा चोट अवस्था मध्यमविपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सनुसरीमा उपचार हुदै ।
१०, जिल्ला चितवन कालिका नपा-६ बस्ने वर्ष ३७ को अजन्न घिसिङ, छाती र ढाडमा चोट, अवस्था मध्यमविपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सनुसरीमा उपचार हुदै ।
११, जिल्ला काठमाण्डौ मनपा – १ बस्ने वर्ष ५० का सितादेवी राई, भित्री चोट, अवस्था मध्यम, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सनुसरीमा उपचार हुदै ।
१२, जिल्ला काठमाण्डौ मनपा – ३१ बस्ने वर्ष ४३ की कबिता राई , भित्री चोट अवस्था मध्यम, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सनुसरीमा उपचार हुदै ।
१३,जिल्ला धनकुटा साँगुरीगढी गापा -९ बस्ने वर्ष ४१ को सर्यु बहादुर राई, भित्री चोट, अवस्था मध्यम, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सनुसरीमा उपचार हुदै ।
१४, जिल्ला धनकुटा साँगुरीगढी गापा-९ बस्ने वर्ष ३६ को सबिता राई, भित्री चोट, अवस्था मध्यम, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सनुसरीमा उपचार हुदै ।
१५, जिल्ला धनकुटा धनकुटा नपा -४ बस्ने वर्ष ३१ का रन्जना राना मगर भित्री चोट अवस्था मध्यम जिल्ला अस्पताल धनकुटामा उपचार पछि डिस्चार्ज ।
१६, जिल्ला संखवुासभा खाँदबारी नपा-१ बस्ने वर्ष २७ को अनुरा मास्के, हातमा चोट, अवस्था सामान्य, जिल्ला अस्पताल धनकुटामा उपचार पछि डिस्चार्ज ।
१७,जिल्ला संखवुासभा खाँदबारी नपा- १ बस्ने वर्ष ३० को बिजया श्रेष्ठ, हातमा चोट अवस्था सामान्यजिल्ला अस्पताल धनकुटामा उपचार पछि डिस्चार्ज ।
१८,जिल्ला मोरङ बेलबारी नपा-११ बस्ने वर्ष २५ को अमर सुबेदी हातमा सामान्य चोट, जिल्ला अस्पताल धनकुटामा उपचार पछि डिस्चार्ज ।
१९,जिल्ला काठमाण्डौ मनपा-३१ बस्ने वर्ष ५८ को रत्न राना मगर भित्री चोट, अवस्था गम्भिर, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरान सनुसरीमा उपचार हुदै ।


