चौबिसेमा सामुदायिक वनबाट सल्केको आगोले नम्खुवा खोला तीन दोभाने सिंचाई आयोजनाको पाईप जल्यो
धनकुटा । धनकुटाकाे चाैविसे गाउँपालिका वडा नं २ स्थित जंगा सामुदायिक वनबाट सल्केकाे आगाेले नम्खुवा खाेला तीन दाेभाने सिंचाई आयाेजनाकाे १८० (mm) काे १५ थान अमुरु पाईप जलेकाे छ ।
जिल्ला प्रहरी कार्यलय धनकुटाका अनुसार बाटाेमा राखिएकाे आगाेले विहिवार ती पाईप जल्दा १ लाख २० हजार बराबरकाे क्षति भएकाे छ ।
घट्नाकाे खवर पाएपछि प्रहरी चाैकी मुढेवासकाे प्रहरी टाेलि सहित स्थानियवासिन्दाले आगाे नियन्त्रणमा लिएका थिए ।


