धनकुटा सदरमुकाममा पानी वितरणमा चरम लापरवाहीले गर्दा पानीको हाकाकार
धनकुटा,१७ बैशाख । धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितीले खानेपानी वितरणमा चरम लापबाही गर्दा धनकुटा सदरमुकाममा पिउने हाकाकार भएको छ ।
धनकुटा सदरमुकामका कतिपय स्थानमा लगातार खानेपानी धारामा आए पनि कतिपय स्थानमा भने १५ दिन विति सक्दा समेत पानी आउन सकेको छैन् । धनकुटा नगरपालिकाको दमकल बाट केहि स्थानमा पानी वितरण भए पनि अधिकांश स्थानमा पानीको हाकाकार भएको हो ।
खाने पानी ल्याउनका लागि पम्प बिग्रिएको धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितीले जवाफ दिने गरे पनि धनकुटा सदरमुकामका केहि स्थानमा भने नियमित रुपमा पानी आइ रहेको उपभोतmाको भनाई छ । नगरपालिकाले नै समितीको जिम्बेवारी लिएको भए पनी पानी वितरणमा हुने चरम लापबाही लाई नजर अन्दाज गर्दै आएको छ ।
सामजिक संजालमा समेत पानी नआएको र केहि स्थानमा नियमित पानी आएको भन्दै सर्वसाधारणले गुनासो गरि रहेका छन् भने स्थानिय स्तरमा रहेका कुवा धारामा समेत सर्वसाधारणको लाइन लाग्ने गरेको छ ।


