सहिदभूमिका राईको घरको भान्सा कोठामा आगलागी,३० हजार बराबरको क्षति
धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं ३ पञ्चकन्याका रत्न बहादुर राईकाे घरकाे भान्सा काेठामा आगलागी भएकाे छ ।
टिनकाे बेरा र टिनकै छानाेले बनेकाे भान्सा काेठामा अचानक ग्यासकाे शिलिन्डर लिक भई आगलागी हुँदा ३० हजार बराबरकाे क्षती भएकाे प्रहरीले जनाएकाे छ ।
आगलागीकाे कारण भान्सा काेठा भित्र रहेकाे अन्नपात भाडावर्तन जलेर नष्ट भएका छन् ।
आगाे प्रहरी र स्थानिय वासिन्दाकाे सहयाेगमा नियन्त्रणमा लिईएकाे थियाे ।


