छथरजोरपाटीका महिलाहरुलाई स्वच्छ भान्सा सम्बन्धि पुनर्ताजगी तालिम

सर्मिला राई/धनकुटा,जेठ १ । धनकुटाको छथरजोरपाटी गाउँपालिकाका विभिन्न वडाका महिला स्वास्थ्यस्वयम्सेविका तथा महिला दिदीवहिनीहरुलाई आज स्वच्छ भान्सा सम्बन्धि पून:ताजगी तालिम प्रदान गरिएको छ ।

युएसएआईडीको सहयोगमा अजम्बरी विकास फाउण्डेशन ललितपुरले सन्चालन गरिरहेको स्वच्वछ भान्सा सम्बन्धि अभियान अन्तर्गत यसअघि यही विषयमा तालिम लिईसकेका महिला दिदीवहिनीहरुलाई पून:ताजगी तालिम दिईएको हो ।

कार्यक्रममा संस्थाकी अजम्बरी विकास फाउण्डेशन की व्यवस्थापक बविता अधिकारी, जिल्ला सिनियर फिल्ड मोभिलाईजर दूर्गा खड्का,पालिका सिनियस फिल्ड मोभिलाईजर रोशन थापा लगायतले सहजिकरण गरेका थिए ।

सन् २०३० सम्म सबैका लागि स्वच्छ भान्छा बनाउने सरकारको लक्ष प्राप्तिका लागि घर-घरमा विद्युतीय चुलो अभियानलाई सघाउ पुर्याउन यो अभियान जिल्लाको धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा सन्चालन भईरहेको हो । यी दुई पालिकामा यो पहिलो चरणको अभियान चलिरहदा धनकुटा नगर क्षेत्रका एकसय जनाले विद्युतिय चुलोको उपयोग गर्न थालि सकेको कार्यक्रममा जानकारी दिईएको छ ।

छथरजोरपाटी गाउँपालिकामा पनि यो चुलो उपयोगका लागि सकरात्मक प्रतिक्रियाहरु आईरहेको सहभागिहरुले बताएका छन् । विद्युतीय चुलोको उपयोगले भान्छा सफा हुने, धुँवा रहित, समयको वचत, मानव स्वस्थका लागि फाईदा जनक, वनजंगल विनास हुनबाट जोगिने, बाढी पहिरो नियन्त्रणमा सघाउ पुग्ने, आफ्नै देशमा उत्पादित विद्युतको उपयोग हुने भएकोले देशलाई आर्थिक भार कम हुँदैजाने जस्ता धेरै फाईदा हुने बताईएको छ ।

हाल एल पि जी ग्यासको आयातमा प्रत्येक वर्ष करिब ४० अर्ब रकम देश वाहिर गईरहेको तथ्यांक रहेकोले यसलाई रोक्न पनि देशमै उत्पादित विद्युतको उपयोगलाई जोड दिन आवश्यक रहेकोमा जोड दिईएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।