परशुराम साहित्य महोत्सव सम्पन्न

डडेलधुरा, १३ जेठ । डडेल्धुराको भित्री मधेसस्थित परशुराम नगरपालीकामा रहेको परशुराम धाममा आयोजना गरिएको दुई दिने साहित्य महोत्सव सम्पन्न भएको छ। 

परशुराम नगरपालीकाको आयोजना रंगुन साहित्य प्रतिष्ठानको सहकार्यमा संचालित महोत्सवमा सहभागीहरूको उल्लेख उपस्तिथि रहेको थियो। महोत्सवलाई विभिन्न सत्रमा विभाजन गरेर शिक्षा, स्वास्थ्य, उद्यम स्वरोजगार, साहित्य स्थानीय सरकारलगायतका विषयमा मन्थन गरिएको थियो। 

समापन समारोहमा बोल्दै नगर प्रमुख भरत बडायर जोशीले परशुराम धामलाई धार्मिक पर्यटनको रूपमा राष्ट्रिय अन्तरराष्ट्रिय तहमा पहिचान गराउने, राष्ट्रिय स्तरमा पहिचान बनाएका साहित्यकारहरूको स्थानीय साहित्यकारसँग साक्षातकार गराउने र स्थानीय कला संस्कृतिको जगेर्ना गर्नेलगायतका बहुउद्देश्य लिएर महोत्सव सञ्चालन गरीएको बताए। 

महोत्सवमा सुदुरपश्चिम विश्वविधालयका उपकुलपति प्रा. डा. हेमराज पन्त सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव शिक्षाविद् डा. हरी लम्साल, मदन पुरस्कार विजेता डा. नबराज लम्साल, रामलाल जोशी, बिबेक ओझा, कवि सोझो गाउँले, बिप्लप प्रतीक, स्वास्थ्यविद् डा. अरुणा उप्रेती बक्ताका रुपमा रहेका थिए।

यस्तै उद्यमीहरू श्रीकृष्ण अधिकारी, सुनयना पाण्डे, कल्पना बोयजु, पुर्णागिरी मन्दिर व्यवस्थापन अध्यक्ष किसन तिवारी, परशुरामधामका जानकार तीर्थ अवस्थी, पंचदेवल बिनायक नगरपालिका अछामकी नगर प्रमुख अम्बिका चलाउने र धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले आआफ्नो धारणा राखेका थिए।

कार्यक्रमको सहजीकरण सञ्चारकर्मी टिकाराम यात्री, राजेन्द्र बानिया, दीर्घराज उपाध्याय र टेक राज अवस्थीले गरेका थिए। महोत्सवमा स्थानीय विधालयका विद्यार्थीले साहित्य र संस्कृतिलगायतका अनेक कला प्रस्तुत गरेका थिए। 

समापन समारोहमा नगरपालिकाकी प्रमुख प्रसासकीय अधिकृत कल्पना भट्टले सहभागीलाई धन्यबाद ज्ञापन गरेकी थिइन्। मेयर जोशीले आगामी वर्षहरूमा पनि महोत्सवलाई निरन्तरता दिने बताएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।