पाख्रीबास ९ वडा कार्यालयद्वारा कृषकलाई कृषि जन्य सामाग्री वितरण
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ९ वडा कार्यालयले कृषकलाई विभिन्न कृषि जन्य सामाग्री वितरण गरेको छ । वडाले आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेट कृषक अनुदान कार्यक्रम मार्फत ८५ प्रतिशत अनुदानमा कृषकलाई ३ लाख बराबरको च्यापकटर मेसिन दुईवटा , एउटा मिनिटिलर , ६ वटा चार्जिङ हाते स्पेयर , र ५० जना किसानलाई सय / सय मिटर पाइप वितरण गरेको हो ।
वडाले शुक्रबार एक कार्यक्रमका बिच वडा अध्यक्ष सम्झना आले , वडा सदस्य पहलमान घिसिङ , वडा सदस्य मदन आले , वडा सचिव अनिल तिम्सिना,नगरका जिन्सी शाखा प्रमुख किरण राई र कृषि शाखाको कर्मचारी चन्द्र बहादुर आलेको उपस्थितिमा कृषकलाई सामाग्री वितरण गरेको हो ।
वडाले निरन्तर कृषिजन्य सामाग्री किसानलाई प्रदान गर्दै आईरहेको वडा अध्यक्ष सम्झना आलेले बताउनुभयो । गत वर्ष वडाको चप्लेटिका किसानलाई कृषि जन्य सामाग्री प्रादन गरिएको जानकारी गराउदै चालू आर्थिक वर्ष उत्तरपानी गैरिगाउ लगायतका किसानलाई वितरण गरिएको बताउनुभयो । सो अवसरमा बांकी रहेको छुटेका किसानलाई साथै मातिम्बु,ढुङ्गे मझुवा टोलकलाई लक्षित गरि आउंदो आर्थिक वर्ष प्रदान गरिने वडा अध्यक्ष आलेले जानकारी दिनुभयो ।





